कांग्रेस सभापति देउवाको बूढानीलकण्ठ निवासतर्फ अघि बढेका प्रदर्शनकारीलाई प्रहरीले रोक्यो

हिमाल प्रेस २४ भदौ २०८२ ११:१३
22
SHARES
कांग्रेस सभापति देउवाको बूढानीलकण्ठ निवासतर्फ अघि बढेका प्रदर्शनकारीलाई प्रहरीले रोक्यो

काठमाडौँ- जेनजी आन्दोलनको दोस्रो दिन प्रदर्शनकारीहरू नेताहरूका निवास केन्द्रित भएका छन्। यसैक्रममा कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासतर्फ अघि बढेका प्रदर्शनकारीहरूलाई नेपाल प्रहरीले कृष्णपाटी चोकमा रोक्ने प्रयास गरेको छ।

प्रदर्शनकारीहरू प्रधानमन्त्री र शीर्ष नेताहरूको प्रत्यक्ष जवाफदेहिताको माग गर्दै नेताहरूको घरअगाडि प्रदर्शन गरेका हुन्। प्रहरीले स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा बल प्रयोग गरेको छ भने कृष्णपाटी क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ।

जेनजी आन्दोलन सोमबार १९ जनाको मृत्यु भएको घटनापछि झनै उग्र बन्दै गएको छ। राजधानीका विभिन्न ठाउँमा प्रदर्शन भइरहेका छन् भने नेताहरूका घर, सरकारी कार्यालयहरू र मुख्य चोकहरू प्रदर्शनको प्रमुख निशाना बन्न थालेका छन्।

यसअघि खुमलटारस्थित प्रचण्ड निवास, ललितपुरस्थित सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको घर र सिंहदरबार वरपर पनि आन्दोलनकारीहरूको भिड पुगेको थियो।

प्रकाशित: २४ भदौ २०८२ ११:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast