काठमाडौँ उपत्यका प्रहरी कार्यालयको प्रमुखमा एआईजी कार्की

हिमाल प्रेस २४ भदौ २०८२ १०:३९
34
SHARES
काठमाडौँ उपत्यका प्रहरी कार्यालयको प्रमुखमा एआईजी कार्की एसएसपी दानबहादुर कार्की

काठमाडौँ- काठमाडौँ उपत्यका प्रहरी कार्यालयको प्रमुखमा एआईजी दानबहादुर कार्कीलाई सरुवा गरिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी प्रधान कार्यालयस्थित मानवस्रोत विकास विभागमा कार्यरत कार्कीलाई उपत्यकामा पठाउने निर्णय गरेको एक जना उच्च प्रहरी अधिकृतले बताए ।

प्रहरी वरिष्ठ उपरीक्षक हुँदा जिल्ला प्रहरी परिसर काठमाडौँको कमान्ड गरेका कार्कीले डीएसपी हुँदा प्रहरी वृत्त नयाँ बानेश्वरको कमान्ड गरेका थिए । टेक बहादुर तामाङ अनिवार्य अवकाशमा गएपछि उपत्यका प्रहरी कार्यालय नेतृत्व विहीन थियो । सोमबारको प्रदर्शनको सुरक्षा कमान्ड डीआईजी ओम रानाले गरेका थिए ।

प्रकाशित: २४ भदौ २०८२ १०:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast