नेविसंघद्वारा प्रधानमन्त्रीको राजीनामा माग

हिमाल प्रेस २४ भदौ २०८२ १०:३६
18
SHARES
नेविसंघद्वारा प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौँ- नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ। संघका सभापति दुजाङ शेर्पाद्वारा जारी विज्ञप्तिमा सोमबार जेनजी आन्दोलनका क्रममा भएको सरकारी दमनप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीको तत्काल राजीनामा माग गरिएको हो।

विज्ञप्तिमा भनिएको छ, ‘सुरक्षा कायम गर्ने नाममा निहत्था युवा विद्यार्थीमाथि बख्तरबन्द सुरक्षाकर्मीबाट गोली हानी हत्या गर्नुले सरकार रक्षकबाट भक्षकमा रूपान्तरण भएको छ। यससँगै लोकतन्त्रको समेत हत्या भएको हाम्रो ठम्याइ हो।’ त्यसैले प्रधानमन्त्रीले घटनाको पूर्ण जिम्मेवारी लिँदै तत्काल पदबाट राजीनामा दिनुपर्ने नेविसंघको माग छ।

नेविसंघले प्रदर्शनमा देखिएको प्रशासनिक शक्तिको दुरुपयोग र मानव अधिकार उल्लंघनप्रति गम्भीर ध्यानाकर्षण गराएको छ। विज्ञप्तिमा गृहमन्त्री, गृह प्रशासनका जिम्मेवार अधिकारीहरू तथा तत्काल घटनाको नेतृत्वमा रहेका प्रहरी अधिकृतहरूविरुद्ध छानबिन गरी कडा कारबाहीको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण समेत गराइएको छ।

साथै, नेविसंघले जेनजी पुस्ताले उठाएका जायज मागहरूलाई सम्बोधन गर्न आग्रह गर्दै भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति कार्यान्वयन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थप सशक्त बनाइनुपर्ने माग राखेको छ।

प्रकाशित: २४ भदौ २०८२ १०:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast