सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी

हिमाल प्रेस २४ भदौ २०८२ १०:२३
42
SHARES
सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी

काठमाडौँ- देशभर चर्किएको जनआक्रोशका बीच सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी भएको छ। एक सुरक्षा अधिकृतका अनुसार केहीबेरअघि प्रदर्शनकारीहरूको एक समूह मन्त्री गुरुङको निवासमा पुगेको थियो।

सुरुमा ढुंगामुढा गर्दै आक्रोश पोखेका प्रदर्शनकारीहरू पछि उग्र बन्दै घरमै आगजनी गरेका हुन्। हाल आगो नियन्त्रणमा लिन सुरक्षा र दमकल टोली परिचालन गरिएको छ भने घटनास्थलमा थप सुरक्षाकर्मी तैनाथ गरिएको जनाइएको छ।

यसअघि सोमबारको घटनामा १९ जनाको मृत्यु भएको पुष्टि भएपछि देशभर युवाहरू आन्दोलित भएका छन्। राजधानी लगायत विभिन्न स्थानमा हिंसात्मक प्रदर्शन चर्किँदै गएको छ।

 

प्रकाशित: २४ भदौ २०८२ १०:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast