![काठमाडौँ महानगरद्वारा अस्पतालहरूमा आकस्मिक व्यवस्थापनको पहल [सहयोगका लागि सम्पर्क नम्बरसहित]](https://himalpress.com/wp-content/uploads/2024/12/kathmandu-plaza.jpg)
काठमाडौँ- देशभर चर्किएको जेनजी आन्दोलनपछि उत्पन्न मानवीय संकट र स्वास्थ्य आपतकालीन अवस्थालाई मध्यनजर गर्दै काठमाडौँ महानगरपालिकाले राजधानी भित्रका प्रमुख अस्पतालहरूमा आकस्मिक उपचार व्यवस्थापन सुरु गरेको छ।
महानगरका अनुसार सिभिल अस्पताल, ट्रमा सेन्टर, वीर अस्पताल, टिचिङ (टी.यू.) अस्पताल र केएमसी सिनामंगलमा स्वास्थ्यकर्मी, व्यवस्थापन टोली र सुरक्षाकर्मी खटाइएका छन्। ती टोलीहरू अस्पतालहरूमा आउने घाइते तथा अन्य बिरामीहरूको उपचार, खानपिन र अन्य आवश्यक व्यवस्थापनमा खटिएका छन्।
साथै, विभिन्न स्थानहरूमा सहजीकरण गर्न एक केन्द्रीय (सेन्ट्रल) टोली पनि परिचालन गरिएको छ।
सहयोग गर्न चाहनेका लागि फारम र सम्पर्क
महानगरले स्वास्थ्यकर्मी, रगतदाता वा अन्य लजिस्टिक सहयोग गर्न चाहने व्यक्तिहरूलाई फारम भर्न आग्रह गरेको छ। फारमको लिंक यस्तो छ:
https://shorturl.at/8CgM1
त्यस्तै, कुनै आकस्मिक आवश्यकताका लागि निम्न सम्पर्क नम्बरहरूमा सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको छ
आकस्मिक सम्पर्क
Metro Control: ९८५१३५६५०९, ०१-५९०१७६३, ०१-५९०१७६४
सिभिल अस्पताल: ९८५७८२३४८२, ९८४१२९७८६१
वीर अस्पताल / ट्रमा सेन्टर: ९८५१३१३२७३, ९८४१३९६७६०
टिचिङ अस्पताल: ९८४३०७२०१९, ९८४१३७४४८०
केएमसी सिनामंगल: ९८४१८१५४४२
अन्य निजी अस्पताल: ९८०१३०६८९३
रगत आपूर्ति: ९८४५५००४९९, ९८५१०३३९६७
सहकार्य तथा गुनासो
संस्थागत सहकार्य तथा गुनासो सुन्ने: ९८५७०५९६३१ (SMS/WhatsApp/Viber)
सहयोगदाता सम्पर्क (लजिस्टिक, संस्थागत): ९८४८०१८२१५ (SMS/WhatsApp/Viber)