ललितपुरमा पनि लाग्यो कर्फ्यु

हिमाल प्रेस २४ भदौ २०८२ ७:३९
20
SHARES
ललितपुरमा पनि लाग्यो कर्फ्यु

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय ललितपुरले आज बिहान ७ बजेदेखि राति १२ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जारी गरेको आदेशअनुसार ललितपुर महानगरपालिका–२, ४, ९, १८ र २५ नम्बर वडाका केही क्षेत्रलाई चार किल्ला तोकी कर्फ्यु लागू गरिएको हो।

प्रशासनले आदेशमा कर्फ्यु अवधिभर कसैले पनि तोकिएको क्षेत्रमा आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न नपाउने उल्लेख गरेको छ।

कर्फ्यु लागू हुने क्षेत्रहरू यसप्रकार छन्

भैंसेपाटी क्षेत्र (वडा ४, १८, २५) : पूर्वमा भैंसेपाटीबाट बुंगमती जाने सडक, पश्चिममा सिजी हाउजिङ्ग तथा चोभार–गल्छी सडक, उत्तरमा एकान्तकुनाको गायत्री पेट्रोल पम्पभन्दा तल रहेको विष्णुदेवी मन्दिर र दक्षिणमा इटनी जाने ओह्रालो क्षेत्र।

सानेपा क्षेत्र (वडा २) पूर्वमा सानेपा चोकबाट इन्द्रायणी मन्दिर पक्की सडक, पश्चिममा बल्खु पुलदेखि मनमोहन पार्कसम्म बागमती करिडोर सडक, उत्तरमा बल्खु पुलदेखि सानेपा चोकसम्मको चक्रपथको सर्भिस लेन र दक्षिणमा इन्द्रायणी मन्दिरबाट बागमती करिडोर जाने पक्की सडक।

च्यासल क्षेत्र (वडा ९) पूर्वमा मनोहरा खोलाको झोलुंगे पुल, पश्चिममा च्यासल रंगशाला, उत्तरमा मनोहरा खोला र दक्षिणमा मल पोखरी जाने बाटो।

प्रकाशित: २४ भदौ २०८२ ७:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast