मौसम पूर्वानुमान : तीन प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

हिमाल प्रेस २४ भदौ २०८२ ६:४८
26
SHARES
मौसम पूर्वानुमान : तीन प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध फाइल तस्बिर।

काठमाडौँ- जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सामान्यभन्दा दक्षिणतिर तथा पूर्वतर्फ सामान्य स्थानको आसपास रहेका कारण सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा सामान्यतया बदली देखिएको र अन्य भूभागमा आंशिक बदली भएको जनाएको छ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कोशी, मधेश र पहाडी भूभागहरूमा सामान्यतया बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। मधेश प्रदेशसहित अन्य पहाडी र तराई क्षेत्रका थोरै स्थानहरूमा पनि मध्यम वर्षा हुन सक्छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।

आज राति देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ भने अन्य पहाडी तथा तराई क्षेत्रका थोरै स्थानहरूमा पनि वर्षा हुन सक्छ। यी तीन प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित: २४ भदौ २०८२ ६:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast