अबदेखि राजनीतिक दलको विद्यार्थी संगठनमा आबद्ध नहुने विद्यार्थीको घोषणा, फ्याँके बोर्ड

हिमाल प्रेस २४ भदौ २०८२ ६:३८
124
SHARES
अबदेखि राजनीतिक दलको विद्यार्थी संगठनमा आबद्ध नहुने विद्यार्थीको घोषणा, फ्याँके बोर्ड

हेटौँडा- हेटौँडास्थित वन विज्ञान संस्थानका विद्यार्थीले सोमबार जेनजी पुस्ताको प्रदर्शनपछि संस्थानमा रहेका सम्पूर्ण भातृ संगठनहरूमा आबद्ध नहुने घोषणा गरेका छन्।

विद्यार्थीहरूले सामूहिक रूपमा त्यस्तो घोषणा गर्दै अबदेखि क्याम्पसभित्र कुनै पनि राजनीतिक दलको भातृ संगठनमा नरहने घोषणा गरेका हुन्।

सो घोषणासँगै क्याम्पस क्षेत्रभित्र रहेका सबै भातृ संगठनहरूको बोर्ड तथा चिन्हहरू हटाई क्याम्पस बाहिर फालिएको छ।

विद्यार्थीहरूको यो कदमले क्याम्पसमा राजनीतिक प्रभाव तथा गुटबन्दी अन्त्य गरी शैक्षिक वातावरण कायम राख्न सहयोग पुर्‍याउने बताइएको छ।

भातृ संगठनहरूले हालसम्म यसबारे औपचारिक धारणा सार्वजनिक गरिसकेका छैनन्।

केही विद्यार्थीहरूका अनुसार विगतका समयमा संगठनहरूको गतिविधिले क्याम्पसको शैक्षिक वातावरण प्रभावित हुँदै आएको थियो।

प्रकाशित: २४ भदौ २०८२ ६:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast