यस्तो छ तपाईंको राशिफल

हिमाल प्रेस २४ भदौ २०८२ ६:१८
6
SHARES
यस्तो छ तपाईंको राशिफल

आज भदौ २४ गते मंगलबार। असोज कृष्ण द्वितीया तिथि। पञ्चाङ्ग गण्ड तैतल उत्तरभाद्र। २०२५ सेप्टेम्बर ९ तारिख। यो राशि ज्यो.जगदीश सुवेदीले तयार गरेका हुन्। आज गशेण भगवानको दर्शन गर्ने उत्तम दिन पनि हो।

मेष

काममा केही चुनौती देखिए पनि मेहनत गर्दा समयको सदुपयोग हुनेछ। सहयोगीहरूले सहयोगका लागि तत्परता देखाउनेछन्। मन खुसी रहनेछ।

वृष

नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार व्यवसायबाट लाभ हुनेछ। व्यावसायिक यात्रा सम्भावना छ। दाम्पत्य जीवन सुखमय रहनेछ।

मिथुन

धेरैले विश्वास गर्नेछन्। सोचेको आटेको काममा सफलता मिल्नेछ। शत्रुहरू पराजित हुनेछन् भने रमाइलो यात्राको योग रहेको छ।

कर्कट

समय साथीभाईसँग रमाइलोमा बित्नेछ। सुखद् समाचार सुन्न पाइनेछ। स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ।

सिंह

प्रतिष्ठित काम गर्ने मौका छ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्। ढिलासुस्तीले काम रोकिनुका साथै मौका गुम्ने भयले सताउनेछ।

कन्या

प्रयत्न गर्दा बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न सकिनेछ। महत्वाकांक्षी योजना बिस्तारै फलदायी हुनेछन्।

तुला

नसोचेको धन लाभ हुन सक्छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। स्वास्थ्यमा भने केहि समस्या देखिन सक्छ।

वृश्चिक

आम्दानी प्रशस्तै बढ्नेछ। परिवारसँग मनमुटाब हुने देखिन्छ। आतिथ्यपूर्ण सम्मान पाइएला। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ।

धनु

सोचेको भन्दा आम्दानी धेरै हुँदा मन प्रसन्न रहनेछ। पढाई लेखाइमा प्रगति हुनेछ। सहयोगका नाममा ठगीमा परिने योग भएकाले होसियार रहनुहोला।

मकर

व्यापारबाट त्यति लाभ मिल्नेछैन। पढाइ लेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ।

कुम्भ

सम्पत्तिको लागि घर झगडा हुने देखिन्छ। साथीभाईको सहयोगले आत्मबल बढ्नेछ। आमाको साथले नयाँ कामको थालनी हुनेछ।

मीन

आफ्नै प्रयासले काममा लाभ मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। पुरानो समस्याले सताउन सक्छ। दाम्पत्यमा शंका र असमझदारी बढ्न सक्छ।

प्रकाशित: २४ भदौ २०८२ ६:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast