
काठमाडौँ- जेनजी प्रदर्शनका क्रममा भएको घटनाप्रति सरकारले छानबिन समिति बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
१५ दिनभित्र प्रतिवेदन पेस गर्ने गरी छानबिन समिति बनाउने निर्णय भएको एक मन्त्रीले जानकारी दिए। उनका अनुसार समितिका संयोजक र सदस्यहरू भने मंगलबारको बैठकले तय गर्नेछ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी प्रदर्शनमा घुसपैठ भएको ब्रिफिङ गरेका थिए। जेनजी प्रदर्शनमा घुसपैठ हुँदा अप्रिय घटना हुन पुगेको उनको भनाइ थियो।
प्रकाशित: २३ भदौ २०८२ २१:२७
प्रतिक्रिया