विनादर्ता सामाजिक सञ्जाल नखोल्ने अडानमा ओली

हिमाल प्रेस २३ भदौ २०८२ २१:११
2
SHARE
विनादर्ता सामाजिक सञ्जाल नखोल्ने अडानमा ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल नखोल्ने अडान लिएका छन्। उनले सूचीकृतविना निष्क्रिय पारिएका सामाजिक सञ्जाल नखोल्ने अडान लिएका हुन्।

मन्त्रिपरिषद् बैठकअघि बसेको नेपाली कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले सामाजिक सञ्जालहरूमाथि लगाइएको प्रतिबन्ध हटाउन सरकारलाई आग्रह गर्ने निर्णय गरेको थियो।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बैठकका निर्णयबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए। उनले सामाजिक सञ्जाल दर्ताका लागि कूटनैतिक ढंगबाट पहल गरी तत्कालका लागि मन्त्रिपरिषद्बाट खोल्ने निर्णय गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका थिए।

तर, प्रधानमन्त्री ओलीले तत्काल सामाजिक सञ्जालहरूमाथिको प्रतिबन्ध हटाउन नसकिने जवाफ दिएका थिए। सामाजिक सञ्जाल प्लेटफर्महरूले खुलेआम रुपले दर्ता नगर्ने भनिरहेकाले प्रतिबन्ध हटाउन नसकिने उनले बताएका थिए।

प्रधानमन्त्री ओलीले सूचीकृत नभएसम्म सामाजिक सञ्जाल प्लेटफर्महरू खोल्न नसक्ने अडान लिएका छन्।

प्रकाशित: २३ भदौ २०८२ २१:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast