जेनजीको प्रदर्शनमा हताहत भएकोप्रति राष्ट्रपतिले गरे चिन्ता व्यक्त

हिमाल प्रेस २३ भदौ २०८२ २१:०६
24
SHARES
जेनजीको प्रदर्शनमा हताहत भएकोप्रति राष्ट्रपतिले गरे चिन्ता व्यक्त

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको वर्तमान परिस्थितिको बारेमा गम्भीर चिन्ता व्यक्त गर्दै मुलुकभर सोमबार भएको जेनजी पुस्ताको प्रदर्शनका क्रममा ठूलो संख्यामा नागरिकहरूको हताहत भएको घटनाले आफू मर्माहत भएको बताएका छन्।

उनले प्रर्दशनका क्रममा निधन भएका नागरिकका परिवारप्रति गहिरो समवेदना तथा सहानुभूति व्यक्त गर्दै घाइतेहरूको शीघ्र उपचारका लागि सरकारलाई आग्रह पनि गरेका छन्।

राष्ट्रपति पैडेलले अप्रत्यासित रूपमा भएको यस्तो घट्नाले आफूलाई अत्यन्त चिन्तित तुल्याएको उल्लेख गर्दै विषम परिस्थितिलाई ध्यानमा राखेर शान्ति र संयमपूर्वक समस्याको निकास निकाल्न सबै पक्षलाई अपिल गरेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

प्रकाशित: २३ भदौ २०८२ २१:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast