गण्डकी प्रदेशसभा सचिवालय सदस्यमा पौडेल नियुक्त

हिमाल प्रेस २३ भदौ २०८२ १९:३७
गण्डकी प्रदेशसभा सचिवालय सदस्यमा पौडेल नियुक्त

पोखरा– गण्डकी प्रदेश सभा सचिवालय सचिवमा अधिवक्ता गोविन्द पौडेल नियुक्त भएका छन्। सभामुख कृष्णप्रसाद धितालको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले सोमबार उनलाई आगामी ५ वर्षका लागि सचिव नियुक्त गरेका हुन्।

उनले सोमबार नै पद तथा गोपनीयताको सपथ लिँदै पदभार ग्रहण गरे। सभामुख धितालले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

पोखरा–२० भलाम निवासी अधिवक्ता पौडेल माओवादीनिकट २०५६ सालदेखि कानून व्यवसायमा क्रियाशील छन्। त्रिविबाट कानून र राजनीतिशास्त्रमा स्नातकोत्तर उनी पृथ्वीनारायण क्याम्पसमा प्राध्यापन पनि गर्दैआएका थिए। उनी पोखरा विश्वविद्यालयमा केही समय कानूनी सल्लाहकारको रुपमा पनि कार्य गरेका थिए।

माओवादी केन्द्रनिकट कानुन व्यवसायी संगठनमा आबद्ध उनी निकै मिजासिला र इमानदार व्यक्तित्वको रुपमा परिचित छन्। पदभारपछि सचिवालय सचिव पौडेलले माओवादी जनयुद्धबाट प्राप्त उपलब्धिसँगै देश संघीयतामा गएको र देशभर ७ प्रदेशमा प्रदेशसभा गठन भएको स्मरण गर्दै आफ्नो कार्यकालमा प्रदेशसभाको हित उन्नतिमा लागिपर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले सचिवको हैसियतमा गर्नुपर्ने काममा कुनै पनि कसर बाँकी नराख्ने प्रण गरे।
प्रदेशसभाको पहिलो कार्यकालमा माओवादीनिकटकै अधिवक्ता हरिराज पोखरेलले कार्यभार सम्हालेका थिए।

पोखरेलको ५ वर्षे कार्यकाल सकिएपछि गत बुधबार सम्मानपूर्वक बिदाइ भएका थिए। तत्कालीन प्रदेश प्रमुख अमिक शेरचनले १९ भदौ २०७७ मा नियुक्त गरेका थिए।

प्रकाशित: २३ भदौ २०८२ १९:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast