
काठमाडौँ- इटहरीमा प्रहरीको गोली लागेर दुई जनाको ज्यान गएको छ। इटहरी उपमहानगरपालिका कार्यालय अगाडि उनीहरूलाई गोली लागेको हो।
गोली लागेका दुवै जनाको बीपी प्रतिष्ठान धरानमा मृत्यु भएको बताइएको छ। मृतकहरुको पहिचान खुलेको छैन।
इटहरी उपमहानगरमा आगजानी भएपछि प्रदर्शनकारीहरु इलाका प्रहरी कार्यालय पुगेका थिए। त्यही क्रममा प्रहरीले गोली चालएको बताइएको छ।
प्रत्यक्षदर्शीका अनुसार प्रहरीले चलाएको गोली युवकको छाती र घाँटीमा लागेको थियो।
प्रकाशित: २३ भदौ २०८२ १८:५१
प्रतिक्रिया