ट्रमा सेन्टरमा मृत्यु भएका तीनजनाको सनाखत

हिमाल प्रेस २३ भदौ २०८२ १८:१८
56
SHARES
ट्रमा सेन्टरमा मृत्यु भएका तीनजनाको सनाखत

काठमाडौँ- राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएका तीनजनाको पहिचान खुलेको छ। मृत्यु भएका ६ जनामध्ये तीनजनाको पहिचान खुलेको हो। मृत्यु हुनेमा ग्लोबल कलेजका विद्यार्थी श्रीयाम चौलागाईँ, बाँकेका सुलभ श्रेष्ठ र कीर्तपुरका बुद्धि तामाङ रहेका ट्रमा सेन्टर प्रशासनले जनाएको छ। अन्य तीनजनाको भने पहिचान खुल्न बाँकी रहेको छ।

ट्रमा सेन्टरमा ५० जना घाइतेको उपचार भइरहेको छ। भ्रष्टाचार र सामाजिक सञ्जालमा रोक लगाउने सरकारको निर्णयविरूद्ध जेनजी युवाले गरेको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको हो। प्रहरीको गोली लागेर काठमाडौँमा १७ जना प्रदर्शनकारीको मृत्यु भएको बताइएको छ।

प्रकाशित: २३ भदौ २०८२ १८:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast