इटहरीमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु

हिमाल प्रेस २३ भदौ २०८२ १७:२३
12
SHARES
इटहरीमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु

इटहरी- इटहरीमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको छ। इटहरी उपमहानगरपालिका कार्यालय अगाडि प्रहरीले अश्रुग्यास र गोली चलाउँदा ती युवकको मृत्यु भएको हो।

मृतकको पहिचान खुलिसकेको छैन। घटनास्थलमा रहेका पत्रकार मनोज भुजेलका अनुसार ती युवकलाई तत्काल अस्पतालतर्फ लगिए पनि चिकित्सकले मृत घोषित गर्न बाँकी छ। ‘आँखै अघि श्वास गयो,’ उनले भने, ‘घटनास्थलमै मृत्यु भएको देखिएको छ। शरीरबाट धेरै रगत बगेको छ।’

साथै इटहरी उपमहानगरको कार्यालयमासमेत आगजनी भएको छ ।

प्रकाशित: २३ भदौ २०८२ १७:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast