
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सुमना श्रेष्ठले जेनजी पुस्ताको प्रदर्शनमा भएको सरकारी दमनप्रति तीव्र आपत्ति जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेकी छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले लेखेकी छन्, ‘नेपाली मारेर शासन गर्ने, बच्चा मारेर शासन गर्ने, नेपाल सरकार धिक्कार!’ उनले गोली लागेर ज्यान गुमाउनेहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेकी छन्।
प्रधानमन्त्रीको वैधानिकता अब समाप्त भइसकेको जिकिर गर्दै उनले भनिन्, ‘तिमीले आफ्नो वैधानिकता गुमाइसकेका छौ प्रधानमन्त्री। तिमीले अवश्यै राजीनामा दिनुपर्छ!’
प्रकाशित: २३ भदौ २०८२ १७:१८
प्रतिक्रिया