काठमाडौँमा मृतकको संख्या १७ पुग्यो

हिमाल प्रेस २३ भदौ २०८२ १७:२९
30
SHARES
काठमाडौँमा मृतकको संख्या १७ पुग्यो

काठमाडौँ- भ्रष्टाचार र सामाजिक सञ्जालमा रोक लगाउने सरकारको निर्णयविरूद्ध जेनजी युवाले गरेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर काठमाडौँमा १७ जनाको मृत्यु भएको छ। बानेश्वर क्षेत्रमा प्रदर्शनका क्रममा गोली लागेका उनीहरूको विभिन्न अस्पतालमा मृत्यु भएको हो।

सुरक्षा स्रोतले दिएको जानकारीअनुसार सिभिल अस्पतालमा ३, ट्रमा सेन्टरमा ६, काठमाडौँ मेडिकल कलेजमा २, एभरेस्ट अस्पतालमा ५ र टिचिङ अस्पतालमा १ जनाको मृत्यु भएको हो। मृतकहरूको पहिचान खुल्न बाँकी छ।

त्यस्तै प्रदर्शनका क्रममा प्रदर्शनकारी र सुरक्षाबल गरी दर्जनौँ घाइते भएका छन्। घाइतेहरूको सिभिल अस्पताल, एभरेस्ट अस्पताल, ट्रमा सेन्टर, काठमाडौँ मेडिकल कलेज अस्पताललगायतमा उपचार भइरहेको छ।

निषेधित क्षेत्र तोडेर प्रदर्शनमा उत्रिएपछि बाध्य भएर प्रहरीले गोली चलाउनुपनरेको सुरक्षा स्रोतको भनाइ छ। प्रदर्शनकारीहरूले गरेको ढुंगामुढामा प्रहरी घाइते भएका छन्।

नयाँबानेश्वरमा जनेजीको प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले गोली चलाएको थियो। प्रदर्शनकारी निषेधित क्षेत्र तोडेर संसद भवन प्रवेश गरेर तोडफोडमा उत्रिएका थिए।

प्रदर्शनकारी संसद भवन परिसरमा प्रवेश गरेर सुरक्षा टहरोमा आगो लगाएपछि प्रहरीले गोली चलाएको थियो। प्रदर्शन स्थिति बाहिर गएपछि सुरक्षाका लागि नेपाली सेना खटाइएको छ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रमुख प्रशासनिक क्षेत्र सिंहदरबार, संसद भवन, राष्ट्रपति निवास शीतल निवास आसपास क्षेत्र, उपराष्ट्रपति निवास क्षेत्र, नारायणहिटी क्षेत्र, बानेश्वरलगायतका क्षेत्रमा कर्फ्यु लगाएको छ।

प्रकाशित: २३ भदौ २०८२ १७:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast