
इटहरी- इटहरी उपमहानगरपालिकाको मेयर भवनमा आगजनी गरिएको छ। मेयर हेमकर्ण पौडेलको भवनमा आगजनी गरिएको हो।
इटहरी उपमहानगरको मेयर भवन र जिन्सी शाखामा आगजनी भएको हो। अहिले प्रदर्शनकारीहरुले ढुंगामुढा गरिरहेका छन्। उपमहानगरको जिन्सी शाखाका कागजपत्र छरपस्ट भएका छन्। ल्यापटप, प्रिन्टर यत्रतत्र छन् भने उपमहानगरको दमकल नै चलाउन सक्ने अवस्था नरहेको घटनास्थलमै रहेका स्थानीय नवीन दाहालले जानकारी दिए।
उनका अनुसार अहिले आगजनीका कारण उपमहानगरमा ठूलो क्षति हुनसक्ने अनुमान गरिएको छ। घटनास्थलमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ। यसैबीच सुनसरी प्रशासनले कर्फ्यु लगाएको छ। प्रमुख जिल्ला अधिकारी धम्रेन्द्रकुमार मिश्रले अर्को सूचना जारी नभएसम्म कर्फ्यु आदेश जारी गरेका हुन्।
प्रकाशित: २३ भदौ २०८२ १६:२७
प्रतिक्रिया