बुटवल-भैरहवा क्षेत्रमा कर्फ्यु

हिमाल प्रेस २३ भदौ २०८२ १६:१८
18
SHARES
बुटवल-भैरहवा क्षेत्रमा कर्फ्यु बुटवलस्थित सडक। फाइल तस्बिर

बुटवल- जेनजी पुस्ताको आन्दोलन चर्किएपछि बुटवल-भैरहवा क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय रूपन्देहीले सोमबार अपराह्न ४ बजेदेखि मिति राति १० बजेसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम कर्फ्यु आदेश जारी गरेको हो।

रुपन्देही जिल्लाको बुटवलदेखि भैरहवा क्षेत्रभित्रका विभिन्न ठाउँमा आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले जारी गरेको सूचनामा उल्लेख छ।

बुटवल क्षेत्रको पूर्वमा पेट्रोलपम्प धागो कारखाना पुलसम्म कर्फ्यु आदेश गरिएको छ। यसैगरी पश्चिममा बेलवास चोकसम्म र उत्तरमा चिडिया खोलासम्म तथा दक्षिणमा मंगलापुर सम्म कर्फ्यु आदेश गरिएको सूचनामा उल्लेख छ।

भैरहवा क्षेत्रको पूर्वमा रोहिणी खोला पुलसम्म, पश्चिममा बेथरी पुलसम्म, उत्तरमा बुद्धचोक सम्म तथा दक्षिणमा मेउडीहवासम्म कर्फ्यु आदेश गरिएको छ। बुटवल बेलहिया सडक खण्डको दायाँबायाँ १०० मिटरसम्म कर्फ्यु आदेश गरिएको प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचनामा उल्लेख छ।

प्रकाशित: २३ भदौ २०८२ १६:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast