
इटहरी- इटहरीमा जेनजी पुस्ताले आयोजना गरेको विरोध प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको छ। आन्दोलन उग्र बनेपछि दर्जनौँ राउन्ड गोली प्रहार गरिएको प्रहरी स्रोतले जनाएको छ।
इटहरी उपमहानगरपालिकाको कार्यालय परिसरमा प्रवेश गरेका आन्दोलनकारीलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो। घटनापछि पूर्वपश्चिम राजमार्ग केहीबेर पूर्ण रूपमा अवरुद्ध भएको छ।
यसैबीच उपमहानगरअघिको भवन तोडफोड भएको छ। प्रदर्शनकारीले बहुउद्देश्यीय सहकारीको भवनमा ढुंगामुढा गर्दै भवन तोडफोड गरेका हुन्। धरानको भानुचोक क्षेत्रमा प्रदर्शनकारीले धरान–धनकुटा सडक अवरुद्ध गरेका छन्।
प्रकाशित: २३ भदौ २०८२ १५:५३
प्रतिक्रिया