जेनजीले उठाएका माग तत्काल सम्बोधन गरियोस् : प्रचण्ड

हिमाल प्रेस २३ भदौ २०८२ १४:३९
16
SHARES
जेनजीले उठाएका माग तत्काल सम्बोधन गरियोस् : प्रचण्ड फाइल तस्बिर

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनजीले उठाएका माग तत्काल सम्बोधन गर्न सरकारलाई ध्यानाकर्षण गरेका छन्।

जेनजीले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचारविरूद्धका मागहरू तत्काल सम्बोधन गर्न उनले सरकारको ध्यानकार्षण गराएका हुन्।

प्रचण्डले जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएको दुखद घटनाले स्तब्ध र गम्भीर बनाएको बताएका छन्। उनले प्रहरीको गोली लागेर मृत्यु भएका युवाप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको स्वास्थ्यलाभको कामना गरेका छन्।

प्रचण्डले स्थिति थप बिग्रिन नदिन जिम्मेवारीपूर्वक कदम उठाउन सरकारसँग आग्रह गरेका छन्।

प्रकाशित: २३ भदौ २०८२ १४:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast