![नयाँबानेश्वरमा जेनजीको आक्रोश [तस्बिरहरू]](https://himalpress.com/wp-content/uploads/2025/09/gen-z-movement-nepal-8.jpg)
काठमाडौँ- सामाजिक सञ्जाल प्रतिबन्ध, बढ्दो भ्रष्टाचार र नेताहरूको विलासी जीवनशैलीप्रति आक्रोशित जेनजी पुस्ता सोमबार राजधानीको नयाँबानेश्वरमा सडकमा उत्रिएका छन्। उनीहरूले माइतीघर मण्डलादेखि जुलुस सुरु गरी संसद् भवनअगाडि पुग्दा आन्दोलन उग्ररूप लिएको छ।
कर्फ्यु आदेश जारी भइसके पनि प्रदर्शनकारीको भीड संसद् भवनको मूल गेट र वरिपरि जम्यो। युवाहरूले राष्ट्रिय झण्डा बोकेर नारा लगाउँदै बारम्बार संसद् भवनभित्र प्रवेश गर्ने प्रयास गरे। केहीबेरका लागि उनीहरू भवनभित्र छिरेर ढुंगामुढासमेत गरे।
प्रदर्शनकारीले सुरक्षाघरको छतमा पुगेर नेपालको झण्डा फहराए भने कतिपयले संसद् गेटमा तोडफोड गर्न खोजे। यस क्रममा प्रहरीले अश्रुग्यास, पानीको फोहरा र लाठीचार्ज प्रयोग गरेर तितरवितर पार्ने प्रयास गर्यो। आन्दोलनमा कलेज ड्रेसमै किशोरकिशोरीदेखि झण्डा बोकेका युवासम्मको सहभागी छन्। उनीहरू हातमा पानीको बोतल, काँधमा साथी बोकेर झण्डा फहराउँदै सडक तताइरहेका छन्।