
काठमाडौँ- नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा प्रवेश गरेका जेनजी पुस्ताका प्रदर्शनकारीलाई नेपाल प्रहरीले तीन नम्बर गेटतर्फबाट तितरवितर पारेको छ।
प्रहरीको बल प्रयोगपछि प्रदर्शनकारी बानेश्वर क्षेत्रबाट हटाइएका छन्। उनीहरू अहिले थापागाउँ हुँदै सिंहदरबारतर्फ मोडिएका छन्।
संसद् भवन घेराबन्दीमा आएका प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेको थियो।
तर तितरवितर भएपछि पनि प्रदर्शनकारी नजिकैका सडक मार्ग हुँदै आन्दोलनलाई निरन्तरता दिइरहेका छन्।
प्रकाशित: २३ भदौ २०८२ १३:०९
प्रतिक्रिया