
काठमाडौँ- संसद् भवनभित्र जेनजी पुस्ताका प्रदर्शनकारी प्रवेश गरेपछि गृहमन्त्री रमेश लेखकले सोमबार संसदीय समितिको बैठक बीचमै छाडेका छन्।
गृहमन्त्री लेखक सोमबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी हुन आएका थिए। तर संसद् भवन वरपर जेनजी आन्दोलनकारी प्रवेश गरेपछि उनले बैठक छाडेर बाहिरिएको स्रोतले जानकारी दियो।
सोमबार मध्यान्हतिर जेनजी पुस्ताका प्रदर्शनकारीले नयाँबानेश्वरस्थित संसद् भवन परिसरमै प्रवेश गरेका थिए। संसद् भवनका विभिन्न गेट अगाडि प्रदर्शनकारीको घेराबन्दीपछि सुरक्षा निकायमा खैलाबैला मच्चिएको छ।
प्रहरीले आन्दोलनकारीलाई नियन्त्रणमा लिन अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेको छ। तर प्रदर्शनकारी संसद् भवन परिसरभित्र समेत छिरेपछि अवस्था थप तनावग्रस्त भएको छ।
प्रकाशित: २३ भदौ २०८२ १२:५६
प्रतिक्रिया