
काठमाडौँ- नयाँ कीर्तिमानी कायम गर्ने क्रममा रहेको सुनको भाउ आज सोमबार घटेको छ।
सोमबार सुन तोलामा ४०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख ११ हजार ६०० रूपैयाँ कायम भएको छ। आइतबार सुन प्रतितोला २ लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, चाँदी पनि उच्च विन्दुमा पुगेर ओरालो लागेको छ। सोमबार चाँदी तोलामा २५ रुपैयाँले घटेको हो।
सोमबार चाँदी प्रतितोला २ हजार ४७५ रुपैयाँ कायम भएको छ। आइतबार चाँदी प्रतितोला २ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ।
प्रकाशित: २३ भदौ २०८२ १२:३०
प्रतिक्रिया