
काठमाडौँ- सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचार विरुद्धका अभियान्ताका रूपमा रहेका जेनजी पुस्तासँग प्रहरीको झडप भएको छ।
बानेश्वरको संसद् भवन परिसरमा प्रहरीसँग झडप भएको हो। प्रदर्शनका क्रममा उनीहरूले प्रहरीको घेरा तोड्दै संसद् भवन अगाडि प्रदर्शन गर्न पुगेका हुन् ।
संसद् भवन घेरेर बोतलहरू प्रहार गर्न थालेपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्याँस प्रहार गर्नुका साथै लाठीचार्ज सुरु गरेको छ। केही युवा संसद् भवनभित्रै पसेका छन्।
प्रकाशित: २३ भदौ २०८२ १२:२१
प्रतिक्रिया