जेनजी प्रदर्शनलाई एमाले नेत्रृको पनि अभिमत

हिमाल प्रेस २३ भदौ २०८२ ११:५५
12
SHARES
जेनजी प्रदर्शनलाई एमाले नेत्रृको पनि अभिमत

काठमाडौँ- नेकपा एमाले केन्द्रीय सदस्य रचना खड्काले जेनजीको प्रदर्शन असाध्यै सकारात्मक भएको भन्दै प्रशंसा गरेकी छन्। उनले सामाजिक सञ्जाल प्रदर्शनको तस्बिर राख्दै आफ्नो अभिमत रहेको बताएकी छन्।

उनले लेखेकी छन्, ‘प्रिय जेनजी हाम्रो पुस्ता राजनीतिक आन्दोलनमा जोडिँदा हामी भन्ने गर्दथ्यौं – हामीभन्दा पछिल्लो पुस्ताले निरंकुश शासन व्यवस्थाविरुद्ध लड्नु नपरोस् । जन्मँदै प्रजा भएर जन्मन नपरोस् । नभन्दै तपाईंहरूको पुस्ता यसमा लड्नु परेन।’

उनले लेखेकी छन्, ‘प्रिय जेनजी हाम्रो पुस्ता राजनीतिक आन्दोलनमा जोडिँदा हामी भन्ने गर्दथ्यौं – हामीभन्दा पछिल्लो पुस्ताले निरंकुश शासन व्यवस्थाविरुद्ध लड्नु नपरोस् । जन्मँदै प्रजा भएर जन्मन नपरोस् । नभन्दै तपाईंहरूको पुस्ता यसमा लड्नु परेन ।’

तर राजनीति भनेको व्यवस्था परिवर्तन मात्रै अवश्य नरहेको उनले उल्लेख गरेकी छन् । अगाडि लेख्छिन, ‘तर राजनीति भनेको व्यवस्था परिवर्तन मात्रै अवश्य हैन। यो राजनीतिक व्यवस्थालाई न्याय, समानता, शुसाशन, समुन्नत नेपाल र राष्ट्रिय स्वाभीमान अर्थात ‘परिपूर्ण लोकतन्त्र’ सहितको बनाउने एजेन्डा अब हाम्रो साझा एजेन्डा हुनुपर्दछ ।’ आइतबार मात्रै जेनजी पुस्ताको प्रदर्शनलाई एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विरोध गरेका थिए। उनले समाज विभाजित गर्ने भन्दै आलोचना गरे।

प्रकाशित: २३ भदौ २०८२ ११:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast