
काठमाडौँ- कलाकार हरिवंश आचार्यले जेनजी पुस्ताको समर्थन गर्दै पुराना पुस्तालाई बिदा हुन अनुरोध गरेका छन्।
आचार्यले सामाजिक सन्जालमा आफ्नो घर नजिकको भत्किएको तस्बिर सार्वजनिक गर्दै पुरानो पुस्ताले काम गर्न नसकेको दाबी गरेका छन्।
‘मेरो घर छेउको बाटो पिच गरेको केही समयमै भत्कियो । म हरेक दिन मनमा सोच्दै थिए यो बाटो यति चाँडो कसरी भत्कियो ? हरेक दिन त्यही बाटो हिड्छु तर सोच्छु मात्र । तर अहिलेको पुस्ता यस्ता प्रस्न मन भित्र मात्र सोच्दैनन् । प्रश्न उठाउछन्’ उनले भनेका छन्,’जनताको करले बनेको बाटो किन भत्कियो ? कसरी भत्कियो ? यसको जिम्मेवारी कस्को ? यो एउटा सानो उदाहरण मात्र हो आजका पुस्ताले प्रस्न गरेका।’
उनले आज उठेको आवाज व्यवस्थाविरुद्धको नभइ नेता र कर्मचारीमाथिको प्रश्न भएको हरिवंशको दाबी छ।
प्रकाशित: २३ भदौ २०८२ ११:४६
प्रतिक्रिया