जेनजी पुस्ताको खबरदारी

‘हामी यहाँ छौँ’ भन्दै माइतीघरमा जेनजी पुस्ता

रमेश दवाडी २३ भदौ २०८२ १०:५८
6
SHARES
‘हामी यहाँ छौँ’ भन्दै माइतीघरमा जेनजी पुस्ता

काठमाडौंँ- युवा पुस्ताको प्रतिनिधित्व गर्ने जेनजी पुस्ता आज काठमाडौँको माइतीघरमा प्रदर्शन गरिएको छ। युवाको भीड बढिरहेको छ भने उनीहरूले सरकारविरुद्ध खबरदारी गरिरहेका छन्। माइतीघरमा भेला भएर युवा नयाँ बानेश्वरतिर अघि बढेका छन्।

भीड बढ्नेक्रममा छ भने सुरक्षा व्यवस्था कडा बनाइएको छ। युवाले नेताहरूलाई व्यंग्य गर्दै प्ले कार्ड बनाएका छन्। कुनैबेला संसद् विघटनको विरोधमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘हामी यहाँ छौँ’ भन्ने नारा लगाएकोमा आज युवाले ‘हामी पनि यहाँ छौँ’ भन्ने लगाएका छन्।

प्रकाशित: २३ भदौ २०८२ १०:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast