पालुङटार नगरपालिका उपाध्यक्ष माओवादी प्रवेश

हिमाल प्रेस २३ भदौ २०८२ ८:४८
50
SHARES
पालुङटार नगरपालिका उपाध्यक्ष माओवादी प्रवेश

गोरखा- पालुङटार नगरपालिका उपाध्यक्ष तथा नेसपा नेतृ सुशिला श्रेष्ठ नेकपा माओवादी केन्द्रमा प्रवेश गरेकी छन् ।

जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियानका क्रममा उनी माओवादी केन्द्र प्रवेश गरेकी हुन्। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उनलाई सोमबार पार्टीमा स्वागत गरे।

पार्टी प्रवेशपछि नेतृ श्रेष्ठले विभिन्न अनुभवका आधारमा नेसपाबाट देश र जनताको लागि ठोस काम गर्न नसकिएको महसुस भएकाले माओवादी केन्द्रमै फर्किएको बताइन्। उनले माओवादी केन्द्रलाई आफ्नो पुरानो घरको रूपमा लिएर अब जनताको हितमा समर्पित भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरिन्।

अध्यक्ष प्रचण्डले श्रेष्ठको आफ्नै घर आगमनले पार्टी संगठन थप सबल हुने विश्वास व्यक्त गर्नुका साथै अन्य नेताकार्यकर्तालाई पुरानै घर फर्किन अपिल गरे ।

प्रकाशित: २३ भदौ २०८२ ८:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast