![कालिमाटीमा तरकारी : बन्दा ५०, सिमी ८० [अरू कति?]](https://himalpress.com/wp-content/uploads/2024/12/banda.jpg)
काठमाडौँ- काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरूको न्यूनतम थोक मूल्य निर्धारण गरेको छ।
जसअनुसार, आज गोलभेडा ठूलो (नेपाली) प्रतिकेजी ६० रुपैयाँ, गोलभेडा ठूलो (भारतीय) प्रतिकेजी ७० रुपैयाँ, गोलभेडा सानो (लोकल) ४० रुपैयाँ,गोलभेडा सानो (टनेल) प्रतिकेजी ४८ रुपैयाँ, आलु रातो ५० रुपैयाँ, आलु रातो (भारतीय) २८ रुपैयाँ, आलु रातो (मुडे) ४२ रुपैयाँ, आलु सेतो ३७ रुपैयाँ, प्याज सुकेको (भारतीय) ३६ रुपैयाँ, गाजर (लोकल) १०० रुपैयाँ, गाजर (तराई) ९० रुपैयाँ कायम छ।
बन्दा (लोकल) ४५ रुपैयाँ, बन्दा (तराई) ५० रुपैयाँ, काउली स्थानीय प्रतिकेजी ७० रुपैयाँ, मूला रातो ४५ रुपैयाँ, सेतो मूला (हाइब्रीड) ४० रुपैयाँ, भन्टा लाम्चो १० रुपैयाँ,भन्टा डल्लो ३० रुपैयाँ रहेको छ ।
यस्तै, बोडी (तने) ८० रुपैयाँ, मकै बोडी ७० रुपैयाँ, घिउ सिमी (लोकल) ९० रुपैयाँ,घिउ सिमी (हाइब्रीड) ८०रुपैयाँ, टाटे सिमी ८० रुपैयाँ, भटमासकोशा ८५ रुपैयाँ, तितो करेला ५० रुपैयाँ, लौका ५० रुपैयाँ, परवर (लोकल) ४५ रुपैयाँ, परवर (तराई) ४५ रुपैयाँ, चिचिण्डो २० रुपैयाँ, घिरौला ६० रुपैयाँ, झिगूनी ५५ रुपैयाँ, फर्सी पाकेको ४५ रुपैयाँ, फर्सी हरियो (लाम्चो) ३० रुपैयाँ, हरियो फर्सी (डल्लो) ४० रुपैयाँ, सलगम ९० रुपैयाँ, भिण्डी ४५ रुपैयाँ कायम छ।