परम्परा धान्न वीरेन्द्रभक्तले छेडाए चौथोपटक जिब्रो

हिमाल प्रेस २३ भदौ २०८२ ७:५६
4
SHARES
परम्परा धान्न वीरेन्द्रभक्तले छेडाए चौथोपटक जिब्रो

काठमाडौँ- इन्द्रजात्राको अवसरमा भक्तपुरको मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३८ वर्षीय वीरेन्द्रभक्त गजू श्रेष्ठले जिब्रो छेडाएर भक्तपुरको दत्तात्रय र नवदुर्गा मन्दिरसम्म यात्रा गरेका छन्।

भाद्र शुक्ल पूर्णिमाको साँझ गएराति ८:३० बजे मध्यपुरथिमि नगरपालिका–४ र ५ को संगमस्थलमा दिगुटोल दिग भैरब अगाडिको डबलीमा कर्मी नाइके बाबुकाजी श्रेष्ठले तीन वटा चुच्चो भएको १० इन्च लामो फलामको सियोले जिब्रो उनको जिब्रो छेडेका थिए।

त्यसपछि छेडिएको जिब्रोसहित वीरेन्द्रभक्त महाद्विप (भेय्) बोकेर खाली खुट्टा भक्तपुरको नवदुर्गा र दत्तात्रयसम्म पुगेका थिए।

नेपाल संवत् तिथि बमोजिम ञङ्लाथ्व पुन्हि अर्थात् इन्द्रजात्राको भोलिपल्ट हजारौँको सङ्ख्यामा उपस्थित भीडबीचमा कर्मी नाइकेबाट जिब्रो छेडाएका हुन्।

जिब्रो छेडेर ३५० वर्ष पुरानो जात्रालाई जिवन्त राखेका वीरेन्द्रभक्तले यसअघि पहिलोपटक २०७४ सालमा, त्यसपछि २०७९ र २०८१ मा जिब्रो छेडाएका थिए।

गतवर्ष खाली खुट्टा पशुपतिनाथसम्म पुगेर फर्किएका उनी २८ किलोमिटर पैदल हिँडेका थिए। यसवर्ष भक्तपुर पुगेर फर्कँदा करिब १३ किलोमिटर यात्रा पार हुने उनले बताए।

प्रकाशित: २३ भदौ २०८२ ७:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast