विद्रोहको स्वर बोकेर सडक तताउँदैछन् जेनजी

हिमाल प्रेस २३ भदौ २०८२ ७:०५
8
SHARES
विद्रोहको स्वर बोकेर सडक तताउँदैछन् जेनजी

काठमाडौँ- सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध आवाज उठाउन जेनजी पुस्ता आज सडक प्रदर्शन गर्दैछ। सन् १९९७ देखि २०१२ भित्र जन्मेको ‘जेनजी’ पुस्ताले आज प्रदर्शन गर्न लागेको हो। काठमाडौँमा माइतीघरमा प्रदर्शन हुनेछ।

सरकारले भदौ १२ गते सात दिनको समय दिएर २६ सामाजिक सञ्जाल निष्क्रिय गर्ने निर्णय गरेको थियो ।

सरकारले अचानक सामाजिक सञ्जाल बन्द गरेपछि यसले सबैभन्दा बढी प्रभावित आफूहरू भएको जेनजी पुस्ताको दाबी छ ।

सामाजिक सञ्जाल प्लेटफर्ममा अभ्यस्त यस पुस्ताले आज बृहत् प्रदर्शन गर्न लागेको हो । सामाजिक सञ्जालको पहुँच बन्द गर्ने सरकारको निर्णयले अभिव्यक्ति स्वतन्त्रता सीमित हुने भएकाले नागरिकले आफ्ना विचार खुला रूपमा व्यक्त गर्न नपाउने भन्दै उनीहरूले सरकार विरुद्ध स्वतः स्फूर्त प्रदर्शनको घोषणा गरेका छन् ।

प्रकाशित: २३ भदौ २०८२ ७:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast