
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज पनि अमेरिकी डलर अहिलेसम्मकै सबैभन्दा महँगो मूल्यमा स्थिर छ।
आज अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती सहित सबैजसो विदेशी मुद्राको पनि मूल्य बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
आज पनि अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा छ। अमेरिकी डलरको यो मूल्य हालसम्मकै सर्वाधिक हो।
आज युरो एकको खरिददर १६५ रुपैयाँ १६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ८६ पैसा छ। हिजो युरो एकको खरिददर १६४ रुपैयाँ ६६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३६ पैसा थियो।
आज पाउन्ड एकको खरिददर १९० रुपैयाँ ३९ पैसा र बिक्रीदर १९१ रुपैयाँ २० पैसा छ। हिजो पाउन्ड एकको खरिददर १८९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १९० रुपैयाँ ७३ पैसा थियो।
आज अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९२ रुपैयाँ ८० पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ २२ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६२ पैसा थियो।
कुबेती दिनार एकको खरिददर ४६१ रुपैयाँ ३१ र बिक्रीदर ४६३ रुपैयाँ २७ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४६१ रुपैयाँ ०१ र बिक्रीदर ४६२ रुपैयाँ ९७ पैसा थियो।
आज बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ४१ पैसा छ। हिजो पनि बहराइन दिनारको मूल्य यही थियो।