बुबाको ठाउँमा परीक्षा दिइरहेका छोरा पक्राउ

हिमाल प्रेस २२ भदौ २०८२ १८:२८
20
SHARES
बुबाको ठाउँमा परीक्षा दिइरहेका छोरा पक्राउ

काठमाडौँ- नक्कली परीक्षार्थी बनेर बुबाको ठाउँमा जाँच दिइरहेका एक जनालाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ। नक्कली परीक्षार्थी बनेर जाँच दिइरहेका मोहम्मद आफताबलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी किशोर लम्सालले आफताबलाई ठाकुर राम क्याम्पसको परीक्षा हलबाट पक्राउ गरिएको जानकारी दिए।

उनका अनुसार बुबा सहाबुद्दीनको ठाउँमा नक्कली परीक्षार्थी बनेर स्नातकोत्तर तह तेस्रो सेमेस्टरको परीक्षा दिइरहेको अवस्थामा आफताब पक्राउ परेका हुन्। मानवीकीतर्फको राजनीति शास्त्रअन्तर्गत ‘नेप्लिज पोलिटिक्स एण्ड पोलिटिकल बिएभियर’ विषयको परीक्षा दिनको १२ बजेदेखि ३ बजेसम्म सञ्चालन भएको थियो।

उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको डीएसपी लम्सालले बताए।

पक्राउ परेका आफताब नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति मोहम्मद सहाबुद्दीनका छोरा रहेको बताइएको छ। उनले बुबा सहाबुद्दीनको ठाउँमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिइरहेका थिए।

प्रकाशित: २२ भदौ २०८२ १८:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast