सामाजिक सञ्जालहरूलाई सूचीकृत हुन मन्त्रालयले पुनः गर्‍यो आह्वान, अहिलेसम्म दुई मात्र सूचीकृत

हिमाल प्रेस २२ भदौ २०८२ १७:३२
18
SHARES
सामाजिक सञ्जालहरूलाई सूचीकृत हुन मन्त्रालयले पुनः गर्‍यो आह्वान, अहिलेसम्म दुई मात्र सूचीकृत

काठमाडौँ- सरकारले निष्क्रिय पार्न निर्देशन दिएयता केवल दुई सामाजिक सञ्जाल प्लेटफर्म सूचीकृत भएको छ। आइतबारसम्म दुई सामाजिक सञ्जाल प्लेटफर्म मात्र सूचीकृत भएको हो।

सर्वोच्च अदालतको आदेश पालनाका लागि भन्दै भदौ ५ मबा बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०’ बमोजिम सात दिको म्याद दिई सामाजिक सञ्जाल प्लेटफर्महरूलाई सूचीकरण हुन भदौ १२ मा सार्वजनिक सूचना प्रकाशन गरेको थियो।

मन्त्रालयले सार्वजनिक सूचना प्रकाशन गरेयता जम्मा दुई सामाजिक सञ्जाल प्लेटफर्महरू सूचीकृत भएको प्रवक्ता गजेन्द्र ठाकुरले जानकारी दिए। उनका अनुसार आइतबारसम्म स्मार्ट आइडिया प्रा.लि.(हाम्रो) पात्रो र ग्लोबल डायरी प्रा.लि. (ग्लोबल डायरी) सूचीकरण भई सक्रिय भएको हो।

सामाजिक सञ्जाल प्लेटफर्महरू ‘एक्स’ र वीच्याटले सूचीकरणका लागि आवश्यक जानकारी माग गरेकोमा विवरण उपलब्ध गराइएको प्रवक्ता ठाकुरले बताए।

सूचीकरण नगराएको भन्दै सरकारले २६ वटा सामाजिक सञ्जाल प्लेटफर्महरू निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएको थियो। २६ मध्ये हालसम्म जम्मा दुईवटा सामाजिक सञ्जाल प्लेटफर्महरू सूचीकृत भएको हो।

मन्त्रालयले सामाजिक सञ्जालहरूको पहुँच प्राप्त गर्न असुरक्षित, अनाधिकृत, जोखिमयुक्त ‘भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन)’ प्रयोग नगर्न/नगराउन अनुरोधसमेत गरेको छ।

मन्त्रालयले सबै सामाजिक सञ्जाल प्लेटफर्महरूले मन्त्रालयको निर्देशिकाबमोजिम सम्पर्क विन्दु, आवासीय गुनासो सुन्ने अधिकारी तथा स्वनियमन परिपालनाको निगरानी गर्ने अधिकारी तोकी सूचीकरण हुन पुनः आह्वान गरेको छ।
सूचीकरणका लागि कुनै पनि शुल्क दस्तुर नलाग्ने र सूचीकरण गरे पश्चात त्यही क्षणदेखि पुनः सक्रिय गराइने मन्त्रालयले जनाएको छ।

आम नागरिकले प्रयोग गर्ने कुनै पनि सामाजिक सञ्जाल प्लेटफर्महरूलाई निषेध, नियन्त्रण वा संकुचित गर्ने नभई व्यवस्थित, मर्यादित र जवाफदेही रूपमा प्रयोग गर्ने वातावरण निर्माण गर्न सरकारले यो कदम उठाएको मन्त्रालयको भनाइ छ।

सूचीकरण गर्ने बहानामा सरकारले सामाजिक सञ्जाल प्लेटफर्महरू निष्क्रिय पार्न लगाएर संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताको हकमाथि हस्तक्षेप गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast