
काठमाडौँ- फिल्म निर्देशक तथा कलाकार निश्चल बस्नेतले माइतीघरमा हुने जेनजी पुस्ताकाे आन्दोलनलाई समर्थन गर्ने जनाएका छन्।
सामाजिक सञ्जाल टिकटकमार्फत एक भिडियो पाेस्ट गर्दै उनले भोलि हुने आन्दोलनमा आफ्नो साथ रहेको बताएका हुन्। जेनजी पुस्ता एकदमै फ्राेस्टेड भइसकेको बताउँदै उनले भनेका छन्, ‘सत्ता र शक्तिको मात लागिसकेपछि मान्छेहरूले सुन्न र बुझ्न छोड्छन् जस्तो छ।’
उनले देशको कानुन र आदेश कम शक्ति भएका मान्छेहरूलाई मात्रै लागू भइरहेको पनि भनेका छन्। साथै उनले मन्त्रीकाे गाडीले एक महिललाई ठक्कर दिएर भागेकाे विषयमा प्रधानमन्त्रीले बोलेको वक्तव्यको विरोध पनि गरेका छन्। देशमै बसिरहेका युवा लागि परेका छन्। उनीहरूले आफ्नो भविष्यको लागि गरिरहेको भन्दै भोलि हुने आन्दोलनमा जोगाइदिन आग्रहसमेत गरेका छन्।
प्रकाशित: २२ भदौ २०८२ १७:३०
प्रतिक्रिया