आगामी निर्वाचनबाट माओवादी ठूलो दल बन्छ : प्रचण्ड

हिमाल प्रेस २२ भदौ २०८२ १६:२४
16
SHARES
आगामी निर्वाचनबाट माओवादी ठूलो दल बन्छ : प्रचण्ड नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

लमजुङ- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनबाट माओवादी ठूलो दल बन्ने दाबी गरेका छन्।

मध्यपहाडी लोकमार्ग अभियानअन्तगर्त आज लमजुङको सुन्दरबजार नगरपालिका-९ स्थित भोँटेओडारमा आयोजित सभामा उनले यस्तो दाबी गरेका हुन्।

उनले आगामी निर्वाचनमा माओवादी केन्द्र मुलुकको ठूलो दल बन्ने दाबी गर्दै पार्टीले जनताका पक्षमा प्रशस्त काम गरे पनि प्रचारप्रसार नगर्दा जनतासम्म पुग्न नसकेको बताए।

आफू सरकारको नेतृत्वमा रहेका बेला देश र जनताको पक्षमा काम गरेकाले अहिले पनि जनताको आशा, भरोसासहित साथ रहेको धारणा राखे। आफ्नो पार्टी अहिले सरकारबाहिर रहे पनि जनता केन्द्रित भएर काम गरिरहेको बताए।

उनले पछिल्लो समय माओवादीप्रति जनताको आशा, भरोसा र साथ रहेको दाबी गरे। अन्य पार्टीका नेतृत्वले माओवादी अल्पमतमा पुगेको भन्नेमा कुनै सत्यता नभएको बताउँदै अध्यक्ष दाहालले पार्टीले गरेका सकारात्मक कामको मूल्यांकन गर्दै पार्टीप्रति जनताको साथ रहेको बताए।

प्रकाशित: २२ भदौ २०८२ १६:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast