सामाजिक सञ्जाल दर्ता मात्र गराउन खोजिएको हो : प्रधानमन्त्री ओली

हिमाल प्रेस २२ भदौ २०८२ १५:४७
14
SHARES
सामाजिक सञ्जाल दर्ता मात्र गराउन खोजिएको हो : प्रधानमन्त्री ओली

काठमाडौँ- प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जाललाई सरकारले ‘बन्द’ गर्न नभई दर्ता प्रक्रियामा ल्याउन मात्र खोजेको बताएका छन्।

हालै सरकारले सामाजिक सञ्जाल सूचीकृत गर्न थालेपछि जेनजीले सडक आन्दोलनको तयारीमा रहँदा ओलीले सरकारको कदमबारे प्रष्टिकरण दिएका हुन्।

गोदावरीमा जारी विधान महाधिवेशनमा समूहगत छलफलको प्रतिवेदनपछि सम्बोधन गर्दै उनले भने, ‘हामीले सामाजिक सञ्जाल ‘बन्द’ गर्न खोजेका होइनौँ, दर्ता मात्र गराउन भनेका हौँ। एक वर्षदेखि पटकपटक ताकेता गर्दा पनि नमानेपछि अहिलेको अवस्था आएको हो।’

उनले नयाँ पुस्ता देशको स्वाभिमान, कानुन र राष्ट्रियता बुझ्ने क्षमता राख्ने भए पनि सामाजिक सञ्जालमार्फत दुरुपयोगमा पर्न सक्ने भएकाले सचेत रहनुपर्ने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast