कीर्तिपुर सिनेप्लेक्स हलको दोस्रो अडिटोरियम सञ्चालनमा

हिमाल प्रेस २२ भदौ २०८२ १३:०५
6
SHARES
कीर्तिपुर सिनेप्लेक्स हलको दोस्रो अडिटोरियम सञ्चालनमा

काठमाडौँ- कीर्तिपुरस्थित कीर्तिपुर सिनेप्लेक्स हलको दोस्रो अडिटोरियम सञ्चालनमा आएको छ। कीर्तिपुर सिनेप्लेक्सका सञ्चालक तथा नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जनले १०१ सिट क्षमताको दोस्रो अडिटोरियम सञ्चालनमा आएको बताए।

उनले भने, ‘फिल्म भवनको संख्या थपिएसँगै यसले मनोरञ्जन र रोजगारी पनि सिर्जना गरेको छ। यसले स्थानीय पर्यटन प्रवद्र्वनमा भूमिका खेल्नेछ। फिल्मको व्यापारमा पनि टेवा पुर्‍याउने छ। नेपालभरका फिल्म हल सञ्चालकको हितमा बोर्डले गर्ने गतिविधि बढाएर प्रोत्साहन गर्नु पर्दछ।’

भदौ १९ देखि सञ्चालनमा आएको नयाँ अडिटोरियममा बार्को प्रोजेक्टर, पल्सको ७.१ साउन्ड सिस्टम, सुविधा सम्पन्न सिट र थ्रिडी प्रविधि जडान गरिएको अध्यक्ष महर्जनले जानकारी दिए।

प्रकाशित: २२ भदौ २०८२ १३:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast