विद्यालय गएका बालक चार दिनदेखि बेपत्ता

हिमाल प्रेस २२ भदौ २०८२ १२:५०
10
SHARES
विद्यालय गएका बालक चार दिनदेखि बेपत्ता

महोत्तरी- बर्दिवासमा घरबाट विद्यालय हिँडेका एक बालक विगत चार दिनदेखि बेपत्ता छन्।

बर्दिवास नगरपालिका-१२ जनता माध्यमिक विद्यालय डाँडाटोलमा कक्षा ६ मा पढ्दै गरेका स्थानीय १३ वर्षीय बालक गौतम पासवान गत बिहीबार घरबाट साइकलमा चढेर पढ्न विद्यालय गएकामा उनी अहिलेसम्म घरफर्केर नआएको निजका काका प्रमोद पासवानले बताए।

गौतम बेपत्ता भएपछि परिवारजनले प्रहरीचौकी हात्तीलेटमा खोजीका लागि निवेदन दिएका छन्।

इलाका प्रहरी कार्यालय बर्दिवासका प्रमुख एवं प्रहरी नायब उपरीक्षक प्रकाश बमले पीडित परिवारले प्रहरी चौकीमा बालक खोजतलासका लागि दिएको निवेदनपश्चात् तुरुन्तै सक्रिय भएको प्रहरी टोलीले बालक गौतमको खोजतलास गरिरहेको बताए।

प्रकाशित: २२ भदौ २०८२ १२:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast