सुनको मूल्य २ लाख १२ हजार पुग्यो

हिमाल प्रेस २२ भदौ २०८२ ११:२८
12
SHARES
सुनको मूल्य २ लाख १२ हजार पुग्यो

काठमाडौँ- आइतबार सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । सुनको मूल्य तोलामा २ लाख १२ हजार रुपैयाँ प्रतितोला पुगेको छ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख १० हजार ४०० रुपैयाँमा कारोबार भएको सुन आइतबार १६ सय रुपैयाँले बढेको छ।

महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ। शुक्रबार २ हजार ४९० रुपैयाँ रहेको चाँदी आइतबार बढेर २ हजार ५०० रुपैयाँ कायम भएको छ।

प्रकाशित: २२ भदौ २०८२ ११:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast