फिल्म हल संख्या बढाउन पहल गर्दै अध्यक्ष डिसी

हिमाल प्रेस २२ भदौ २०८२ १०:४९
6
SHARES
फिल्म हल संख्या बढाउन पहल गर्दै अध्यक्ष डिसी

काठमाडौँ- चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले नेपालमा फिल्म हलको संख्या बढाउने तयारीका साथ काम भइरहेको बताएका छन्।

कीर्तिपुरस्थित कीर्तिपुर सिनेप्लेक्स हलको को दोस्रो ‘अडिटोरियम’ सञ्चालनमा अवसरमा आयोजित कार्यक्रममा उनले हलको संख्या बढेसँगै नेपाली फिल्मको बजार बढ्ने उनले बताएका हुन्।

उनले भने, ‘बोर्डको लक्ष्य चालु आर्थिक वर्षमै फिल्म हलको संख्या २०० पुर्‍याउने छ। यसका लागि हामीले बन्द भएका चलचित्र भवनलाई पुनः सञ्चालनमा ल्याउन प्रोत्साहन गर्ने तथा नयाँ भवन सञ्चालन गर्न चाहनेलाई विशेष सुविधा दिने काम गरिरहेका छौँ। फिल्म हेर्नुको आनन्द हलमै हुन्छ, त्यसैले हामीले संख्या बढाउन प्रोत्साहन गरिरहेका छौँ।’

अध्यक्ष डिसीले हाल देशभर १ सय ६८ फिल्म हल सञ्चालनमा रहेका जानकारी दिए।

प्रकाशित: २२ भदौ २०८२ १०:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast