शिक्षा मन्त्रालयद्वारा विद्याभूषण तथा शिक्षा पुरस्कारसम्बन्धी निर्देशिका संशोधन (संशोधित निर्देशिकासहित)

हिमाल प्रेस २२ भदौ २०८२ १०:१७
18
SHARES
शिक्षा मन्त्रालयद्वारा विद्याभूषण तथा शिक्षा पुरस्कारसम्बन्धी निर्देशिका संशोधन (संशोधित निर्देशिकासहित)

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्यापदक र राष्ट्रिय शिक्षा पुरस्कार सम्बन्धी निर्देशिका, २०७७ लाई पहिलो संशोधन गरेको छ। संशोधित निर्देशिका भदौ ११ गते जारी गरिएको हो।

मुलुकको समग्र विकासका लागि शिक्षालाई राष्ट्रिय महत्व दिँदै शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्ति, शैक्षिक क्षेत्रमा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थी तथा शिक्षण संस्थालाई व्यवस्थित तरिकाले सम्मान गर्ने उद्देश्यले यो निर्देशिका तयार गरिएको मन्त्रालयले जनाएको छ।

संशोधनपछि नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्यापदक, प्रमाणपत्र, शिल्ड, ध्वजा, नगद पुरस्कारसहित राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गर्ने प्रक्रिया थप स्पष्ट र व्यवस्थित हुने मन्त्रालयको भनाइ छ।

यसअघि २०७७ सालमा जारी निर्देशिकाले शिक्षा क्षेत्रमा योगदान दिने व्यक्तित्व र संस्थालाई औपचारिकरूपमा सम्मान गर्ने प्रावधान ल्याएको थियो। पहिलो संशोधनसँगै पुरस्कारको स्वरूप र वितरण प्रणालीलाई अझ प्रभावकारी बनाउन प्रयास गरिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: २२ भदौ २०८२ १०:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast