शिक्षा विकासका चुनौती र सिकाइबारे लुम्बिनीमा अभिमुखीकरण, स्थानीय तहका १०९ शिक्षा शाखा प्रमुख सहभागी हुने

हिमाल प्रेस २२ भदौ २०८२ १०:०७
18
SHARES
शिक्षा विकासका चुनौती र सिकाइबारे लुम्बिनीमा अभिमुखीकरण, स्थानीय तहका १०९ शिक्षा शाखा प्रमुख सहभागी हुने

भक्तपुर- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले लुम्बिनी प्रदेशस्तरीय पाँच दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ।

कार्यक्रम भदौ ३१ गतेदेखि असोज ४ गतेसम्म रुपन्देहीको मणिग्रामस्थि ड्रीमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटल मा सञ्चालन हुनेछ। प्रत्येक दिन बिहान ८ बजेबाट सुरु हुने कार्यक्रम साँझ ५ बजेसम्म सञ्चालन हुने छ।

शिक्षा सम्बन्धी नीति, नियम, कानुन, निर्देशिका, मापदण्ड र आव २०८२/८३ का वार्षिक कार्यक्रम कार्यान्वयनबारे केन्द्रित हुने यस कार्यक्रममा प्रदेश, स्थानीय तह तथा शिक्षा विकास तथा समन्वय इकाइका पदाधिकारीहरू सहभागी हुनेछन्।

कार्यक्रममा सहभागी हुन आउँदा स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइले गत आव र चालु आवका बजेट, कार्यक्रम तथा प्रगतिसम्बन्धी विवरण सहित शिक्षकको श्रेणीगत तथा तहगत विवरण समेत ल्याउनुपर्ने व्यवस्था गरिएको छ।

शिक्षा क्षेत्रमा प्राप्त उपलब्धि, चुनौती र सिकाइबारे छलफल गर्ने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रमको प्रभावकारीताका लागि सामाजिक विकास मन्त्रालय, शिक्षा विकास तथा समन्वय इकाइ तथा अन्य सम्बन्धित निकायसँग समन्वय गर्न मन्त्रालयले अनुरोध गरेको छ।

सहभागीहरूको संरचना

नगरपालिका संघ तथा गाउँपालिका राष्ट्रिय महासंघ, लुम्बिनी प्रदेश – १/१ जना

लुम्बिनी प्रदेश योजना आयोग – प्रशासकीय अधिकृत १ जना

स्थानीय तहका शिक्षा शाखा प्रमुख – १०९ जना

शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख – १२ जना

सामाजिक विकास मन्त्रालय – महाशाखा प्रमुख १ जना

शिक्षा तथा सामाजिक विकास निर्देशनालय – निर्देशक १ जना

शिक्षा तालिम केन्द्र, प्रमुख – १ जना

प्रदेश परीक्षा व्यवस्थापन कार्यालय प्रमुख – १ जना

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (CTEVT) प्रदेश कार्यालय प्रमुख – १ जना

विकास साझेदार संस्थाका प्रतिनिधिहरू


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast