हेर्नुहोस् आजको राशिफल

हिमाल प्रेस २२ भदौ २०८२ ६:२८
6
SHARES
हेर्नुहोस् आजको राशिफल

मेष
स्वास्थ्यमा सुधार आउनेछ । भेटघाटमा समय बित्नेछ । विश्वास गरेकाले साथ दिनेछन्। रोकिएका कामहरु सुचारु हुनेछन्।

वृष
श्रमको उचित मूल्यांकन हुनेछ । नयाँ ज्ञान प्राप्त हुने योग रहेको छ । पढाइलेखाइमा प्रगति हुनेछ । आयआर्जन बढ्ने समय छ।

मिथुन
सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । परिवार र आफन्तको सहयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापार ब्यवसायमा फाइदा हुनेछ ।

कर्कट
समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ ।

सिंह
साथीभाइको सहयोगले महत्वपूर्ण कामहरु सफल हुनेछन्। व्यावसायिक काममा खर्च बढ्नेछ। हिम्मतले काम लिन सकिनेछ ।

कन्या
पढाइलेखाइमा प्रगति हुनेछ । आश मारेको कामले उत्साह जगाउनेछ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन्।

तुला
काममा विभिन्न अवसर पाइनेछ । समयमा सही निर्णय लिन सक्ने क्षमताले अगाडी बढ्न मद्दत पुग्नेछ। अरुले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्।

वृश्चिक
रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामबाट प्रशस्त लाभ हुनेछ।

धनु
व्यापार ब्यवसायमा प्रशस्त फाइदा हुने योग रहेकोछ । परिवारको सहयोगबाट विशेष फाइदा उठाउन सकिनेछ। साथीभाइसँग रमाइलोमा समय बित्नेछ ।

मकर
काममा परिवारको सहयोग प्राप्त हुनेछ । सामाजिक मानसम्मान र प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ ।

कुम्भ

आफ्नो क्षेत्रको नेतृत्व गर्दै विदेश जाने योग रहेको छ । अरूकै कामको जिम्मेवारी समेत बढिरहनेछ । काममा सजिलै सफलता मिल्नेछ ।

मीन

आफन्तको सहयोगले महत्वपूर्ण कामको थालनी हुनेछ । प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ ।

प्रकाशित: २२ भदौ २०८२ ६:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast