वेनेजुएलाका लडाकु विमान मारेर खसाल्ने ट्रम्पको चेतावनी

हिमाल प्रेस २१ भदौ २०८२ १८:४०
16
SHARES
वेनेजुएलाका लडाकु विमान मारेर खसाल्ने ट्रम्पको चेतावनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प। तस्बिर : एपी/रासस

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वेनेजुएलाका लडाकु विमानहरू अमेरिकी नौसैनिक जहाजमाथि उडान भरेर खतरा सिर्जना गरे ती विमानहरूलाई नछोड्ने चेतावनी दिएका छन्। वेनेजुएलाले दक्षिण अमेरिकानजिकै रहेको एक अमेरिकी जहाजको वरिपरि लगातार दुई दिनसम्म सैन्य विमान उडाएको बताइएको छ। त्यसपछि ट्रम्पको यो भनाइ आएको हो।

वेनेजुएलाबाट एउटा जहाजमा लागूपदार्थ ओसारिएको केही प्रतिवेदनहरूमा उल्लेख भएको बताइएको छ। त्यसपछि अमेरिकी सेनाको आक्रमणमा जहाजमा सवार ११ जनाको मृत्यु भएको थियो। वेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले भने आफ्नो देशमाथि अमेरिकाले लगाएका आरोपहरू असत्य भएको प्रतिक्रिया दिएका छन्।

यसैबीच ह्वाइट हाउसले प्यूर्टो रिकोमा १० वटा एफ–३५ लडाकु विमान पठाइरहेको घोषणा गरेको छ।

राष्ट्रपति ट्रम्प लामो समयदेखि मादुरोका कटु आलोचक रहँदै आएका छन्। गत अगस्तमा उनले मादुरोको गिरफ्तारीसम्बन्धी सूचना दिने व्यक्तिलाइ पाँच करोड डलर पुरस्कार तोकेका थिए। ट्रम्पले मादुरोमाथि आरोप लगाउँदै ‘उनी दुनियाँका सबैभन्दा ठूलो नार्को–तस्करमध्येका एक हुन्’ भनेका थिए।(बीबीसीको सहयोगमा)

प्रकाशित: २१ भदौ २०८२ १८:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast