एमाले विधान महाधिवेशन : प्रतिवेदनमाथि समूहगत छलफल जारी

हिमाल प्रेस २१ भदौ २०८२ १५:५८
12
SHARES
एमाले विधान महाधिवेशन : प्रतिवेदनमाथि समूहगत छलफल जारी तस्बिर : रासस

ललितपुर– नेकपा (एमाले) को जारी दोस्रो विधान महाविधेशनमा प्रतिवेदनमाथिको छलफल जारी छ।

प्रतिनिधिलाई प्रदेश, उपत्यका र केन्द्रीय संरचनालाई आधार बनाएर १० वटा समूहमा विभाजनगरी छलफल सुरु गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

प्रतिवेदनमाथि मधेश, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आधारित प्रतिनिधिहरूले छुट्टाछुट्टै समूहगत छलफल गरिरहेका छन्।

त्यसैगरी उपत्यका विशेष प्रदेश, विभिन्न जनसंगठन, सम्पर्क समन्वय समिति र प्रवास, केन्द्रीय निकायका प्रतिनिधि तथा केन्द्रीय कार्यालय र विभागीय संरचना, केन्द्रीय निकाय आयोजकले पनि छलफल गरिरहेको उनले जानकारी दिए।

प्रचार विभाग प्रमुख गौतमले शनिबार छलफल सकेर भोलि प्रतिवेदन समूहगत नेताले प्रस्तुत गर्ने बताए। उनले समूहगत रूपमा प्रतिवेदनमाथि आएका सुझावलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने र कुनै विषयमा सहमति हुन नसकेमा मतदानबाट टुंगो लगाई एकीकृत रूपमा पार्टी विधान तयार पारिने जानकारी दिए।

उनले समसामयिक प्रस्ताव पारित गरेर भोलि महाधिवेशन सम्पन्न हुने बताए।

प्रकाशित: २१ भदौ २०८२ १५:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast