एमालेको रवैया चरम सत्ता उन्माद र गैर जिम्मेवारपूर्ण शासकीय अहंकार : मोहन श्रेष्ठ

हिमाल प्रेस २१ भदौ २०८२ १३:१०
18
SHARES
एमालेको रवैया चरम सत्ता उन्माद र गैर जिम्मेवारपूर्ण शासकीय अहंकार : मोहन श्रेष्ठ

काठमाडौँ- राप्रपाका प्रचार विभाग प्रमुख एवं प्रवक्ता मोहन श्रेष्ठले सत्तारुढ नेकपा एमालेको शैली एकदमै सत्ता उन्माद र गैरजिम्मेवारपूर्ण शासकीय अहंकारयुक्त रहेको आरोप लगाएका छन्।

मन्त्रीको गाडीले बालिकालाई ठक्कर दिएको र सामाजिक सञ्जाल बन्द गरेको दृटान्त दिदै श्रेष्ठले एमालेलाई शासकीय अहंकार भएको पार्टी भनेका छन्। आजै मात्र नेकपा एमालेका केन्द्रीय सदस्य एवं कोशी प्रदेशका अर्थ मामिला मन्त्री राम राना सवार गाडीले ललितपुरमा ११ वर्षीया बालिकालाई ठक्कर दिएको थियो।

बालिकालाई ठक्कर दिएर गाडी नरोकिएर नै हुँइकिएको थियो। यस्तै वर्तमान सरकारले नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरू बन्द गरेपछि पनि प्रधानमन्त्री केपी शर्मा ओलीले चलाएका थिए। यी दुवै दृटान्त दिँदै श्रेष्ठले एमालेमाथि खनिएका थिए।

श्रेष्ठले भनेका छन्,’बाटो काट्दै गरेका पैदल यात्रुलाई ठक्कर दिने र सडकमा अलपत्र अवस्थामा छोडेर गाडी हॅुईक्याउने मन्त्री र अघिल्लो दिन फेसबुक लगायतका सामाजिक सन्जाल बन्द गरेको घोषणा गरेर भोलिपल्ट फेसबुकबाटै विधान महाधिवेशनको प्रत्यक्ष प्रशारण गर्ने प्रधानमन्त्री र एमाले पार्टीको रवैया चरम सत्ता उन्माद एवं गैर जिम्मेवारपूर्ण शासकीय अहंकार हो।’

प्रकाशित: २१ भदौ २०८२ १३:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast